ललितपुर, मंसिर १। जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले थप सुविधासहित आइभिएफ सेवा विस्तार गरेको हो । अत्याधुनिक ल्यावसहित अल्का अस्पतालले अल्का आइभिएफ सेन्टर संचालनमा ल्याएको हो । हामीले, बिशेषज्ञहरु भित्र्याएर अल्का आइभिएफ सेन्टर संचालनमा ल्याएका छौं,’ अस्पतालका अध्यक्ष कुमार थापाले भन्नुभयो, ‘कसरी हुन्छ सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिन हामीले थप सुविधासहित ल्याएका छौं ।,’
विभिन्न कारण सन्तान नभएकाहरूलाई सेवा दिन आधुनिक उपकरणले हामी सक्षम छौं,‘’ अध्यक्ष थापाले भन्नुभयो । थापाले नयाँ विशेषज्ञहरूको टिमले अल्का आइभिएफ सेन्टरलाई थप उचाइँमा लैजाने विश्वास व्यक्त गर्नुभयो । अल्का अस्पतालले सेवाग्राहीहरूलाई आइभिएफ सेवा अन्य अस्पतालहरूको तुलनामा सुलभ दरमा दिइने प्रतिबद्धता जनाएको छ । मंसिर १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म अस्पतालले आइभिएफ सेवा विस्तार गरेको छ । अल्का आइभिएफ सेन्टरबाट टेष्ट ट्युक बेबीका साथै स्त्री रोग तथा प्रसूति सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ ।
के हो त आइभिएफ
कृत्रिम गर्भाधान इन व्रिटो फर्टिलाईजेशन आइभिएफ महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधि हो । यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधि मानिन्छ । यस प्रक्रियामा कुनै महिलाको अण्डाशयबाट अण्डालाई अलग गरेर त्यसलाई टेष्ट ट्युबमा शुक्राणुसँग निशेचित गराइन्छ । यसपछि निषेचित अन्डा महिलाको गर्भाशय मा राखिन्छ। विश्वमा पहिलो पल्ट यस प्रक्रिया को प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रोबर्ट एडवर्डस ले गरेका थिए । उनीहरूको यस प्रक्रिया ले जन्मेको बच्चाको नाम लुईस ब्राउन थियो जसको जन्म २५ जुलाई, १९७८ मा मेनचेस्टरमा भएको थियो ।
आज यो प्रविधि निसन्तान दम्पत्तीहरूको लागि एक नयाँ आश को किरण भएको छ । नेपालमा टेष्ट ट्युब बेबीको प्रविधि २०६० सालतिर भित्रिएको हो । नेपालको पहिलो टेष्ट ट्युब बेबी चाहिँ ओममणी तामाङ हो। उनको २०६१ साल फागुन २० गते जन्म भएको थियो ।