पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार
काठमाडौं, वैशाख २१ ।
नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाँको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ, अस्पातलले भनेको छ ।
नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८ १७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय