Kath Khabar
‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक

काठमाडौं, मंसिर ४ । ‘चपली हाइट ३’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी निर्माण टिमले चलचित्रको २ मिनेट ३६ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो ।

यो चलचित्र पुस २ गते रिलिज हुँदैछ ।  सार्वजनिक ट्रेलरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका अधिकांश कलाकारहरुलाई देखाइएको छ । अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा बनेको हो ।चलचित्रको कथा तथा संवाद आकाश बरालले लेख्नु भएको हो।

चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ ।

chapali height 3

 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update