Kath khabar
रारामा रमाएका राजदुतहरु (फोटो फिचर)

काठमाडौं, मंसिर ३ । मनमोहक सुन्दरताले भरिएको नेपाल मनपर्नेको संख्या ठूलो छ । यस्तै मनमोहक दृश्य मध्ये एक हो मुगुमा अवस्थित रारा । अनि त्यही माथि नेपाली पन । यही सेरोफेरमा रमाउनका लागि काठमाडौंमा रहेका तीन जना विदेशी राजदूतहरु रारा पुग्नु भएको छ । र, त्यहाँको स्थानीय सँग भलाकुसारी गर्दै रमाउनु भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी, अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क र बेलायती राजदूत निकोला पोलिट रारा भ्रमणमा जानु भएको हो। कोरोना महामारीपछि रारामा विदेशीको यो पहिलो भ्रमण रहेको समेत बताइएको छ ।
राजदूतहरुले राराको सुन्दरताको मनोरञ्जन लिनुको साथै स्थानीयसँग भलाकुशारी समेत गर्नु भएको छ । नेपाल प्राकृतिक स्रोतहरुले धनी रहेको अमेरिकी राजदूत बेरीले भन्नु भएको छ । उहाँले ट्वीटरमा भन्नुभएको छ,‘ हामी रारामा आइपुग्यो । यो दर्शनीय छ।’
गुम्ने क्रममा नेपालले जलवायु संरक्षणको लागि गरेको प्रतिवद्धता उदाहरणीय समेत रहेको बताउनु हुदै राजदूत बेरीले ट्वीट्रमा भन्नु भएको छ,‘नेपालको प्राकृतिक सुन्दरताले गर्दा नै, नेपाल सरकारले जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन (कोप १६) मा पेश गरेका महत्वाकांक्षी प्रतिवद्धताले देखाउँछ की नेपालले प्रकृतिमा आधारित समाधान मार्फत नेतृत्वदायी भूमिका खेल्नसक्छ।’

तीनै मुलुकका राजदूतको भ्रमणले नेपालको पर्यटन क्षेत्र सकारात्मक रहेको सन्देश जान मद्दत पुग्ने छ । रारा विदेशमात्र नभई स्वदेशीहरुको लागि समेत आर्कषणको कन्द्रे बन्दै आएको छ ।

 

तस्बिर :राजदुत बेरीको ट्वीटरबाट

 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update