Kath khabar
माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको डेबिट कार्डको सुरुवात

काठमाडौ, मंसिर ४ । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्मुत प्राधिकरण,रत्नपार्कको प्राङ्गणमा भएको हो ।

सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणकातर्फबाट उप कार्यकारी निर्देशक डल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र  बहादुर साउद र  बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापाले संयुक्त रुपमा औपचारिका उद्घाटन गर्नु भएको हो ।  

नेपाल विद्मुत प्राधिकरणका कर्मचारीहरुले स्थापना गर्नु भएको यस  श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले यस सहकार्यको मद्दतले अबडेबिट कार्ड प्रयोग गर्न सक्नु हुनेछ । समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोग अब बैंकिङ्ग क्षेत्रमा मात्र सिमित नरही सहकारीहरु पनि उक्तिकै प्राथमिकतामा  राख्न थालेका छन् । अब यसले अवश्य पनि डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ्ग कारोबार अझ सहज र सुदृढ हुने विश्वास  छ ।  

 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update