Kath Khabar
आँचलसँग झ्याँई झ्याँई पञ्चे बाजा बजाउने आशिषको रहर

काठमाडौ, मंसिर ४ । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ लगायतका हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्याँई झ्याँई पञ्चे बाजाले’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा आशिषलाई गायिका ऋतिका श्रेष्ठले स्वरमा साथ दिनुभएको छ ।

मंसिर महिना अझ त्यसमा पनि बिवाहको मौसम सुरु हुँदै गर्दा सार्वजनिक गीतले विवाहको यो मौसममा थप रौनकता थपेको छ । महेश आचार्यको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ ।

गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र गायक आशिषको अभिनय देख्न सकिन्छ । बियोन्डको कन्सेप्टमा तयार भिडियोमा विदेश जान बाध्य एकप्रेम जोडीको कथा प्रस्तुत गरिएको छ ।

भिडियोको निर्देशक कविराज गहतराजले गरेका हुन् । डान्सिङ शैलीमा तयार भिडियो नेस स्टुडियोले निर्माण गरेको हो । कार्यक्रममा गायक तथा मोडल आशिषले राम्रो टिमवर्क, नेस स्टुडियोको सहकार्यले गीतको भिडियो राम्रो बनेको बताउनुभयो । फरक जनराका संगीतकर्मीहरुसँग काम गर्न पाउनु आफ्ना लागि सौभाग्य रहेको उहाँको भनाई रहेको छ । अभिनेत्री आँचल शर्माले भिडियो अभिनय गर्दाको रमाइलो अनुभव सुनाउनुभयो ।

नेस स्टुडियोका एसडी योगी, ब्रिजेश श्रेष्ठले समेत भिडियोमा काम गर्दाको अनुभव राख्नुभएको थियो । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।
भिडियो लिंक

https://www.youtube.com/watch?v=igrLIm3hnjE

 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update