Kath khabar
म्यानचेस्टर युनाइटेड पराजित

लन्डन, मंसिर ५ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फेरि खराब हार बेहोरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा अवे मैदानमा म्यानचेस्टर युनाइटेड वाट्फोर्डसँग ४–१ ले पराजित भएको हो ।

वाट्फोर्डका लागि २८ औँ मिनेटमा किंग, ४४ औँ मिनेटमा सार, इन्जुरी समयको दोस्रो मिनेटमा जोएओ पेद्रो तथा इन्जुरी समयको छैटौँ निेटमा डेनिसले गोल गरेका हुन् ।

म्यानचेस्टर युनाइटेडका लागि ५० औँ मनिेटमा भान डी बीकले एक गोल फर्काए । ६९ औँ मिनेटमा ह्यारी मागुइरी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।

पराजित भएको युनाइटेड १२ खेलबाट १७ अंकसहित सातौँ स्थानमा झरेको छ । वाट्फोर्ड १३ अंकसहित १६ औँ स्थानमा आएको छ ।

शनिबार राति नै भएको खेलमा आर्सनललाई ४–० ले पराजित गरेको लिभरपुल २५ अंकसहित दोस्रो स्थानमा पुगेको छ ।

अरु खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–०, नर्विचले साउथह्याम्पटनलाई २–१ तथा वुल्भ्सले वेष्टह्यामलाई १–० ले पराजित गरेका छन् । यस्तै बर्नली र क्रिष्टल प्यालेस तथा न्यूक्यासल र ब्रेन्टफोर्डले समान ३–३ को बराबरी खेलेका छन् ।एजेन्सी

 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update