Kath khabar
युरोपेली मुलुकमा फेरि बढ्यो कोरोना सङ्क्रमण,अस्ट्रियामा भोलिदेखि २० दिनसम्म लकडाउन घोषणा

काठमाडौं, मंसिर ५ । युरोपका केहि मुलुकहरुमा पुनः कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । जमर्नी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोरोनाको सङ्क्रमण फेरि बढिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण बढ्न थाले पछि प्रतिबन्ध लगाउन थालिएको छ भने सङ्क्रमण फेरि बढ्न नदिन खोप अभियानलाई समेत तीव्रता दिइएको छ ।

अस्ट्रियाले भोलिदेखि २० दिनसम्म लकडाउन घोषणा गरेको छ । अस्ट्रियामा सन् २०२२ को फेब्रुअरी १ तारिखदेखि कोभिड विरुद्धको खोपलाई लगाउनै पर्ने कानुनी व्यवस्था गर्न लागिएको छ । यस्तै, जर्मनीमा  पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।

जर्मनीले खोप नलगाएकाहरुलाई थप कडाइ गर्ने भएको छ । त्यहाँ खोप नलगाएकाहरुलाई खेल स्थल, सांस्कृतिक कार्यक्रम र रेस्टुरेन्टजस्ता ठाउँमा प्रवेशमा निषेध गरिने भएको छ । पछिल्लो समय कोरोना संङ्क्रमण नियन्त्रणमा रहेको भन्दै अमेरिकाले आफनो सीमा खुला गरेको थियो । युरोपमा कोरोना सङ्क्रमण बढे सँगै भने अमेरिका पनि प्रभावित हुन सक्दछ । एजेन्सी

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update