बझाङ मंसिर ५ । बझाङमा राहत वितरणमा राजनीति भएको छ । बेमौसमी अबिरल बर्षाका कारण गएको बाढी पहिरोले क्षति पु¥याएका वास्तविक पीडितलाई राहत प्रदान नगरी आफनालाई राहत प्रदान गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यलय बझाङले बाढी पहिरो पीडितलाई वितरण गरेको राहत वास्तविक पिडीतलाई नदिई राजनितिक दलका कार्यकर्ताले लिएको पाईएको छ ।
जिल्ला प्रशासन कार्यालय बझाङले असोज ३१ गते देखी कार्तिक ३ गतेसम्म परेको अविरल बर्षाका कारण आएको बाढी, पहिरोले नदी कटान र ढुवानका कारण मानविय तथा पुर्ण घर क्षति भएकाहरुलाई वितरण गरेको राहातको रकम र राहत पाउनेको नामावली सार्वजनिक गरेको थियो । बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लामा वितरण गरेको राहात रकम र राहात पाउनेको नाम सार्वजनिक गर्नु भएको । उहाँले सार्वजनिक गरे अनुरुप जिल्लाको थलारा, खप्तडछान्ना, वित्थचिर र छविसपाथिभेरा गाउँपालिकामा गरि जम्मा ३२ जनाको मृत्यु भएको थियो । जिल्ला प्रशासनले जयपृथ्वी, बुंगल नगरपालिका, सुर्मा, केदारस्युँ, मष्टा गाउँपालिकाका पुर्ण घर क्षेती भएका गरि १ सय ९५ घर परिवारलाई राहात स्वरुप प्रति परिवार २० हजार रुपैयाँ राहत वितरण गरेको जनाएको छ । तर जिल्ला प्रशासन कार्यालय बझाङले सार्वजनिक गरेको राहात पाउनेको नाम वास्तविक पीडित नभएर वडाअध्यक्षको आसेपासेहरु रहेको बाढी पीडितहरुले बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको राहत पाउनेको नामावलीमा ५० प्रतिशत नामहरु आसेपासेको रहेको पाइएको छ । आफुले आफ्नो भत्केको घरको फोटो सहित वडा कार्यालयको सिफारीस सहित प्रहरी मुचुल्का बुझाउदा पनि राहात नपाएको एक पीडितले बताउनु भयो । वास्तविक पिडितहरुको नाम नराखी आफ्ना आसेपासेहरुलाई बाढी, पहिरो पिडित भनेर राहात वितरण गरेको उहाँको भनाई छ । ती स्थानीयको घर पहिरोमा बगे पछि अहिले छिमेकीकोमा बस्दै आउनु भएको छ ।
राहत पाउनेको नामावलीमा बाढी, पहिरोले कुनै क्षेती नभएका र किर्ते मुचुल्का गर्नेमा बढी सरकारी कर्मचारी र नेताका आफ्न्तहरु रहेका छन् । वास्तविक पीडितहरुलाई राहात नदिएर नेताका वरिपरि घुम्ने तथा बोल्न भन्न सक्नेहरुलाई राहात दिएर वास्तविक पीडितहरुलाई थप पीडा दिएको नागरिक समाजको भनाई छ । सरकारले पहिलो चरणको राहात स्वरुप जिल्लामा ७२ लाख ७० हजार रुपैयाँ राहात वितरण गरेको छ ।