भारत, वैशाख २१ । इन्डियन प्रिमियर लिग-आइपिएल) अनिश्चितकालका लागि स्थगित भएको छ । खेलाडीमा एक पछि अर्को गरि कोरोना संक्रमण पाइएपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको हो ।
सोमबार कोलकत्ता नाइट राइडर्सका दुइ खेलाडीमा कोरोना संक्रमण देखिएपछि कोलकत्ता र रोयल च्यालेन्जर्स बैंग्लोर बिचको खेल स्थगित भएको थियो । यस्तै मंगलबार मुम्बइ इन्डियन्स र सनराइजर्स हैदराबाद बिचका खेलमा हुनु अघि हैदराबादका एक खेलाडी संक्रमित भएको पुष्टि भएको थियो । यसरी बायो बबलमा खेलाइएको भनिएको प्रतियोगितामा कोरोना संक्रमण देखिएपछि भारतिय क्रिकेट बोर्डको बिसिसिआइको आपत्कालिन बैठकले सिजनका बाँकी खेल तत्काल रोक्न निर्देशन दिएको हो ।
आइपिएलले आज एक विज्ञप्ती जारी गरि प्रतियोगितामा आबद्ध भएका खेलाडी, पदाधिकारी तथा अन्य स्टाफहरुको स्वास्थ्यसँग सम्झौता गर्न नसकीने बिसिसिआइले बताएका कारण प्रतियोगिता स्थगित गरिएको हो । यस्तो आपतकालिन घडीमा खेलाडीहरु परिवारसँग बसुन भन्ने हेतु प्रतियोगिता रोकिएको उक्त विज्ञप्तीमा लेखिएको छ ।
सबै खेलाडीलाई सुरक्षित घर फर्काउन बिसीसीआइले व्यवस्थापन गर्ने लिगको विज्ञप्तीमा उल्लेख छ । आज चेन्नाइ सुपर किंग्स र राजेस्थान रोयल्स बिचको खेल भने चेन्नाइका बलिङ प्रशिक्षक लक्ष्मीपाथी बालाजीमा कोभिड पोजेटिभ देखिएपछि स्थगित गरिएको थियो । भारतमा कोरोनाको दोस्रो लहर देखिएसपछि गत सप्तान्त मृत्यु हुनेको संख्या अहिले सम्मकै धेरै भएको थियो । हाल खेलाडीहरु बायो बबल अन्तगर्त रहेको होटल र रिसोर्टमा बसिरहेका छन् । उनीहरुलाई लिग भन्दा बाहिर अन्य व्यक्तिसँग सम्पर्कमा आउन दिइएको छैन ।