Kath khabar
रामदेव बन्लान् त, नेपालको सद्भावना दूत !
तस्बिर :रासस

काठमाडौं, मंसिर ५ । नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धन गर्न भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दूत बन्न प्रस्ताव गरेको छ । नेपाल आएका भारतीय योग गुरु रामदेवलाई बोर्डले औपचारिक रुपमा यो प्रस्ताव गरेको हो ।

बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि सद्भावना दूतको प्रस्ताव गरिएको बोर्डले जनाएको छ । नेपालमा आध्यात्मिक तथा योग साधनाको प्रचुर सम्भावना रहेको सन्दर्भमा बोर्डले रामदेवसँग मिलेर नेपालको प्रवर्द्धनका लागि पहल गर्न खोजेको बताइएको छ ।

यसैबीच योगगुरु रामदेव तथा आचार्य बालकृष्णसँग बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीबीच भेटवार्ता भएको छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update