अमेरिकाको विस्कन्सिन राज्यमा कारको ठक्करबाट २० गम्भीर घाइते, धेरैको मृत्यु भएको आशंका
अमेरिका, मंसिर ६ । क्रिसमस परेड भइरहेको बेला कारले ठक्कर दिँदा अमेरिकाको विस्कन्सिन राज्यमा २० जना गम्भीर घाइते भएका छन्। घाइते मध्ये सातजनाको अवस्था गम्भिर रहेको तथा छ जना भने चिन्ताजनक अवस्था नरहेको बताइएको छ । अन्य केहीको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ।
अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार क्रिसमस परेड भइरहेको समयमा स्पिडमा आएको कारले अन्धाधुन्ध ठक्कर दिँदा सो घटना भएको थियो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ।
घटनामा मारिएका र घाइते भएकाहरुको एकिन विवरण आएको नआएको बताइएको छ । सो घटनामा आतंककारीको संलग्नता भए÷नभएको बारे प्रहरीले अनुसन्धान समेत थालेको छ । एजेन्सी
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८ ०९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय