काठमाडौं, मंसिर ६ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ ले बढेर ९३ हजार नौ सय रुपैयाँ तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार चार सय रुपैयाँ कायमभएको छ जसको मूल्य आइतबार प्रतितोला ९३ हजार दुई सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार दुई सय ७० रुपैयाँ पुगेकोे महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार दुई सय ६९ रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।