Kath khabar
महिला टी २० विश्वकप एसिया छनोट : नेपाल पहिलो खेलमै स्तब्ध

काठमाडौं, मंसिर ६। आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाउनुभयो । त्यस्तै, क्यारी चन १७ र नताशा मिलेसले १६ रन जोड्नुभयो । नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले समान एकएक विकेट लिनुभएको थियो। यसअघि दुवईको आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।

नेपालका लागि सीता राना मगरले ४० रन बनाउनुभएको थियो । यस्तै, इन्दु बर्माले ३१ जोड्नुभयो । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक एक विकेट हात पार्नुभएको थियो।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update