Kath khabar
साल्ट ट्रेडिङको खुद नाफा ६४ दशमलव ९४ प्रतिशतले घट्यो

काठमाडौं, मंसिर ६ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नाफामा कमी आएको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासको सार्वजनिक गरेको वित्तीय विवरणमा नाफामा कमी आएको देखिएको हो । कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्ष यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ६४ दशमलव ९४ प्रतिशतले घटेको छ ।

गत वर्षको सोही अवधिमा १ करोड ३९ लाख ३५ हजार खुद नाफा गरेको कम्पनीले यो वर्ष ४८ लाख ८५ हजार रुपैयाँमात्र नाफा गरेको हो ।नाफासँगै कम्पनीको कुल आम्दानी पनि गत वर्षभन्दा यो वर्ष १६ प्रतिशतले घटेको छ ।

गत वर्ष २६ करोड ७८ लाख ३५ हजार कुल आम्दानी गरेको कम्पनीले यो वर्ष २२ करोड ४७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको हो । हाल चुक्तापूँजी २३ करोड ४ लाख २९ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३१ करोड ७६ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update