Kath khabar
सिटीको इतिहास: पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

इत्तिहाद, वैशाख २२ । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इङलिस क्लब सिटीले उपाधी नजिक पुग्ने क्रममा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन पिएसजीको चुनौती समग्रमा चार एकले पन्छ्यायो ।

सिटी गएराती घरेलु मैदान इत्तिहादमा, दुइ एकको अग्रता सहित सेमीफाइनलको दोस्रो लेगमा उत्रिएको थियो । जसमा दश खेलाडीमा समेटिएको पिएसजीलाइ सिटीले सहजै दुइ शुन्य गोलले पराजित गर्यो । खेल अघिनै स्टार स्ट्राइकर किलियन एमबाप्पे चोटग्रस्त बनेपछि पिएसजीलाइ धक्का लागेको थियो । विना मौसम भएको हिमपातका बीच सुरु खेलको आठौं मिनेटमा पिएसजीले पेनािल्ट पाएको थियो ।

तर भिडियो एसिस्टेन्ट रेफ्रि भारले मान्यता नदिएपछि माउरिसियो पोचेटिनोको टोलीले खेलमा फर्कने मौका गुमायो । एघारौ मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाइ अग्रता दिलाउनु भयो । पहिलो हाफमा एक शुन्यले पछि परेको पिएसजीले पुनरागमन गर्न सकेन् । एमबाप्पे विनाको पिएसजीका नेइमार सिटीका लागि त्यती धेरै खतरनाक सावित भएनन् ।

६३ औं मिनेटमा महरेजले ब्यक्तिगत दोस्रो गोल गरेपछि पेप ग्वार्डिवालाको टोली दुइ शुन्यले अघि रह्यो । महरेज इङलिस क्लबका लागि च्याम्पियन्स लिगको सेमीफाइनलको दुवै लेगमा गोल गर्ने लिभरपुलका साडियो मानेपछि केवल दोस्रो खेलाडी हुन् ।  उनानसत्तरी औं मिनेटमा  एंजल डि मारिया सिधै रातो कार्ड खादै मैदान बाहिरिएपछि पिएसजीको आशा समाप्त भएको थियो ।

डि मारियाले वल बाहिर गएको अवस्थामा फर्नान्डिनोहोलाइ जानी जानी खुट्टाले होपछि रेफ्रिले उहाँलाइ सिधै रातो कार्ड देखाउनु भएको थियो । प्रिमियर लिगको उपाधी नजिक रहेको सिटी युरोपियन च्याम्पियन बन्न बाट पनि मात्र एक जीतले पछि छ । प्रशिक्षक ग्वार्डिवाला सन २०११ पछी पहिलो पटक च्याम्पियनस लिगको फाइनल पुग्नुभएको हो । सो वेला उनले बार्सीलोनालाइ उपाधी दिलाउनु भएको थियो। अब उपाधीका लागि सिटीले चेल्सि र रियाल मड्रिड बीचको विजेता संग खेल्नेछ । 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update