Kath khabar
इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिबाना

मिलान, मंसिर ८ ।  इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिबाना गरिएको छ । बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पललाई २० करोड  यूरो जरिबाना लगाएको हो ।  
अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख  यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको हो । एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक बिक्रेतालाई तत्कालका लागि अमेजन मार्फत् काम गर्न पनि रोकिएको छ । इटालीको बजारमा ती उत्पादनको बिक्रीलाई एकपक्षीय रुपमा अनुमति दिएको आरोप समेत लागेको छ ।

एप्पले आफनो विश्वबजारमा रहेको कुनै पनि उपभोक्ता विरुद्ध कानुन विपरित काम नगरेको जवाफ दिएको छ । यस्तै, इटाली सरकारको सो निर्णयलाई असमान र न्यायपूर्ण नभएको अमेजनले प्रतिक्रिया दिएको छ ।एजेन्सी

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update