Kath Khabar
‘शितल जुन’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, मंसिर ८ ।   ‘शितल जुन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार प्रलाद शाहको यस गीतमा शब्द रहेको छ। गीत मायालु जोडीहरुको एक–अर्काप्रतिको विश्वास र समर्पणलाई समेटेर लेखिएको छ ।

गीतमा युवा पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारी र भोइस अफ नेपाल फेम गायक आर्यन तामाङको युगल गायन रहेको छ। गीतमा कल्याण सिंहको संगीत रहेको छ भने गोपाल रसाइलीले यस गीतमा संगीत संयोजन गर्नु भएको छ ।

युवा युवतीबीचको प्रेम र आकर्षणलाई गीत प्रस्तुत गरिएको भिडियोमा दिपक घिमिरे र पूजा ठाकुरलाई रोमान्टिक मुडमा देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गर्नु भएको हो ।

होप इन्टरनेशनलले प्रायोजन गरेको भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ।

https://www.youtube.com/watch?v=ij6YD7H3lN4

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update