Kath khabar
कुशल आइसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा

काठमाडौं, वैशाख २२ । नेपाली राष्ट्रिय टिमका युवा ब्याट्सम्यान कुशल भुर्तेल आइसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा पर्नु भएको छ । अप्रिल महिनामा गरेको प्रदर्शनका आधारमा आइसीसीले आज कुशल सहित तीन खेलाडीको नाम सार्वजनिक गरेको हो । मनोनयनमा परेका दुइ खेलाडीमा पाकिस्तानका बाबर आजाम र पाकिस्तानकै फाखर जमान रहेका छन् । कुशलले घरेलु मैदानमा भएको त्रिकोणात्मक टि ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।

टि ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेकै प्रतिस्पर्धामा कुशलले लगातार तीन अर्धशतक बनाउदै विश्व किर्तिमान बनाउनुभएको थियो । नेपाल, नेदरल्यान्डस र मलेसिया सम्मिलत सिरिजको उपाधी नेपालले जित्दा कुशलले पांच खेलमा चार अर्ध शतक बनाउनु भयो । कुशलले नेदरल्यान्डस विरुद्धको खेल मार्फत डेब्यु गर्नु भएको थियो र सो लेमा उहाँले ६२ रनको शानदार पारी खेल्नु भयो ।

दोस्रो खेलमा मलेसिया संग ६१ र तेस्रो खेलमा नेदरल्यान्डसंग ६२ रन बनाउदै लगातार तीन अर्धशतकको किर्तिमन बनाउनु भएको थियो । उहाँले कुल २ सय ७८ रन जोड्नु भएको थियो । २४ वर्षिय कुशल हाल आइसीसी टि ट्वान्टी ब्याटिङ वरियताको ९३ औं स्थानमा हुनुहुन्छ ।  

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update