Kath khabar
चिल्ली सरकारले समलिङ्गी विवाहलाई मान्यता दिदै, समलिङ्गी विवाह विद्येयक तल्लो सदनद्धारा पारित
तस्बिर :एजेन्सी

सान्टियागो, मंसिर ८ । दक्षिण अमेरिकी मुलुक चिल्लीले समलिङ्गी विवाहलाई मान्यता दिने भएको छ । चिल्लीको तल्लो सदनले समलिङ्गी विवाहको प्रस्तावलाई मान्यता दिएको छ । मंगलबार चिल्लीको तल्लो सदनले समलिङ्गी विवाहलाई मान्यता दिए सँगै दक्षिण अमेरिकी मुलुकका १९ लाख नागरिक प्रभावित हुने अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।  समलिङ्गी विवाहको प्रस्तावलाई तल्लो सदनले अनुमोदन गरे सँगै माथिल्लो सदनमा पठाइएको छ । यसअघि माथिल्लो सदनमा समलिङ्गी विवाहलाई लिएर पक्षमा ९७ मत र विपक्षमा ३५ मत प्राप्त गरेको थियो ।

अब माथिल्लो सदनले समलिङ्गी विवाहलाई अनुमोदन गरे सँगै त्यसले कानुन रुप लिने छ । अब माथिल्लो सदनले समलिङ्गी विवाहको विद्येयक अनुमोदनको लागि राष्ट्रपति सेबेस्टन पिनेरा समक्ष पठाएको थियो भने राष्ट्रपतिले सो विद्येयकमा यसअघि नै समर्थन जनाई सक्नु भएको थियो ।

समलिङ्गी विवाहको पक्षमा चिल्लीका धेरै समुदायको समर्थन रहेको थियो । चिल्लीले पछिल्लो समय आफनो सामाजिक र सांस्कृतिक परम्परामा परिवर्तन गर्न खोजेको छ ।

एजेन्सी

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update