Kath khabar
नागरिक लगानी कोषद्धारा कोभिडबाट मृत्यु भएका बचतकर्ताको परिवारहरुलाई १ करोड ६८ लाख राहत प्रदान

काठमाडौं, मंसिर ८ ।  नागरिक लगानी कोषले कोरोना भाइरसका कारण मृत्यु भएका सञ्चयकर्ताका परिवारहरुलाई नगद राहत प्रदान गरेको छ । कोषले कोरोना भाइरसका कारण मृत्यु भएका सञ्चयकर्ताका परिवारहरुलाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

कोभिड–१९ को सुरुवातदेखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई  राहत पुर्याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैया उपलब्ध गराउने कोषले निर्णय गरेको थियो। सोहि अनुरुप  कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई यो रकम उपलब्ध गराउदै आइरहेको छ।

कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषबाट यो रकम प्रदान गरेको हो।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update