Kath khabar
रियाल र चेल्सी भिड्दै

बेलायत, वैशाख २२ । च्याम्पियन्स लिग सेमीफाइनलको दोस्रो लेगमा आज चेल्सि र रियाल मड्रिड बीच प्रतिस्पर्धा हुदैछ । चेल्सीको मैदान स्टामफर्ड ब्रिजमा हुने खेल नेपाल समय अनुसार राती पौने एक बजे सुरु हुनेछ । रियालको मैदानमा भएको पहिलो लेग एक एक गोलको बराबरीमा सकिएको थियो । क्रिस्टियन पुलिसिचले १४ औं मिनेटमानै गोल गर्दै चेल्सिलाइ अग्रता दिलाउनु भएको थियो  तर २९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियाललाइ हार बाट जोगाउनु भएको थियो । दोस्रो लेगमा चेल्सिलाइ अवे गोलको फाइदा हुनेछ ।

रियाल प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टिमको लगातारको स्तरिय प्रदर्शन बाट अचम्मित भएको प्रतिृकया दिनु भएको छ । यो सिजन अधिकांश खेलाडी चोटग्रस्त बनेपनि रियाल ला लिगाको उपाधी दौडमा छ । रफायल भारन, डेनी कार्भाहाल र लुकास भास्केज चोटग्रस्त हुदै टिमबाट बाहिरिएका छन् । तर आजको खेलमा कप्तान सर्जयो रामोस पुर्ण रुपमा फिट हुदै मैदान फर्कनुहुनेछ । यसले  जिदानलाइ ठुलो राहत मिलेको छ ।  रियाल सन २०१८ पछि पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा छ । उसले अहिले सम्म १३ पटक उपाधी जितेको छ ।

चेल्सि तेस्रो च्याम्पियन्स लिग फाइनल पुग्ने योजनामा छ । प्रशिक्षक थोमस टुखेलले अवे खेलमा गरेको प्रदर्शन बाट चेल्सि युरोपियन फुटवलको एक उत्कृष्ट टिम भएको उल्लेख गर्नुभयो । चेल्सिले  अहिले सम्मको एक मात्र उपाधी सम २०१२ मा जितेको थियो । चेल्सि र रियाल यसअघि युरोपियन प्रतिस्पर्धामा चार पटक आमने सामने भएका छन् । जसमा चेल्सिले दुइ खेल जित्दा दुइ बराबरीमा सकिएको थियो । विजेताले फाइनलमा म्यानचेस्टर सिटी संग खेल्नेछ । सिटी पेरिस सेन्ट जर्मेन पिएसजीलाइ समग्रमा चार एकले हराउदै पहिलो पटक च्याम्पियिन्स लिगको फाइनल पुगेको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update