Kath Khabar
आगामी मार्चसम्म युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी


काठमाडौं, मंसिर ८ । विश्व स्वास्थ्य संगठनले कोभिड संक्रमणका कारण आगामी मार्चसम्म युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

सन् २०२२ को मार्चसम्म ४९ मुलुकका अति सघन उपचार कक्षमा ‘उच्च वा अत्यधिक भार’ हुने डब्ल्यूएचओले जनाएको छ । त्यसैगरी युरोपमा कोरोना संक्रमण मृत्युको प्रमुख कारक बन्न पुगेको डब्ल्यूएचओले

युरोपमा कोभिड मृत्युको प्रमुख कारण बनेको डब्ल्यूएचओको प्रतिवेदनमा बताइएको छ। अहिलेको प्रवृत्तिका आधारमा आगामी मार्चसम्ममा कुल मृत्यु २२ लाख पुग्ने आँकलन गरिएको  डब्ल्यूएचओले बताएको छ । यता अष्ट्रियामा सोमबारदेखि २० दिनसम्म देशव्यापी लकडाउन लगाइएको छ । फ्रान्स, जर्मनी र ग्रीसले समेत बढ्दो संक्रमणबीच बुस्टर डोज अनिवार्य बनाएर आफ्ना नागरिकलाई पूर्ण खोप लगाउने तयारी गरेका छन् ।

युरोपमा अहिले कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भइरहेको छ। कोभिडसम्बन्धी कारणले मृत्यु भएका हालैका दिनमा दोब्बर भएर दैनिक ४,२०० पुगेको डब्ल्यूएचओले बताएको छ। डब्ल्यूएचओका अनुसार ठूलो सङ्ख्यामा खोप नलगाएका मानिस र केही देशमा डेल्टा भेरिअन्टको कारण युरोपमा सङ्क्रमण दर बढेको हो। ब्ल्यूएचओका युरोप निर्देशकले खोप नलगाएकाहरूलाई तुरुन्तै खोप लगाउन आग्रह गरेका छन्।

 

 

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update