Kath Khabar
नेपालमा थप ३३२ जनामा कोभिड १९ को संक्रमण पुष्टि


काठमाडौं, मंसिर ८। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ३२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल नौ हजार नौ सय २० वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या ११ हजार पाँच सय १३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई सय ३२ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या सात हजार तीन सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप एक सय ८१ जना संक्रमित थपिएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा एक सय ४४, ललितपुर जिल्लामा २६ र भक्तपुर जिल्लामा ११ जनामा संक्रमण पुष्टि भएको छ ।


 

 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update