म्यानचेस्टर सिटीद्धारा पीएसजी पराजित
पेरिस, मंसिर ९ । च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ ।सिटीले घरेलु मैदानमा पीएसजीलाई २–१ गोलले हराएको हो ।
पीएसजीले खेलको ५० औं मिनेटमा किलियन एम्बाप्पेको गोलमा अग्रता लिएको थियो । तर रहिम स्टर्लिङले खेलको ६३ मिनेटमा गोल गर्दै सिटीलाई बराबरीमा ल्याउनु भयो ।
सिटीका वैकल्पिक खेलाडी ग्याब्रिएल जेससले खेलको ७६ औँ मिनेटमा गोल गर्नु भयो। पीएसजीले समूह ‘ए’ को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको छ । समूहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५–० गोलले हराएको छ । सिटी ५ खेलमा १२ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा छ ।
पीएसजी समान खेलमा ८ अङ्कसहित दोस्रोमा छ । त्यस्तै लाइप्जिग र ब्रुगको समान ४÷४ अङ्क रहेको छ । एजेन्सी
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८ ०७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय