Kath khabar
साना किसान विकास लघुवित्तले ३१ करोड २८ लाखको बोनस बाँड्ने

काठमाडौं, मंसिर ९ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ३१ करोड २८ लाख ८२ हजार ७३५ रुपैयाँ बराबरको बोनस  वितरण गर्ने भएको छ ।

संस्थाको मंसिर ८ गते, बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १।३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्त सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update