सुन प्रतितोला ९१७००
काठमाडौं, मंसिर ९ । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९१ हजार सात सय रुपैयाँ कायम भएको छ।सुन अघिल्लो दिन प्रतितोला ९१ हजार ८०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ। जसको मूल्य बुधबार प्रतितोला ९१ हजार तीन सय रुपैयाँ थियो।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार दुई सय ३० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८ ११:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय