आमिर खान र फातिमाबीचको विवाहको विषय सत्य होइन

काठमाडौं, मंसिर ९ । आमिर खानले फातिमा सना शेखसँग विवाह गर्न लागेको भनी आएको खबर झूटो भएको बताइएको छ । किरण रावसँग डिभोर्सको घोषणा गरे पछि एक्लै रहेका खानको नाम दंगाल अभिनेत्री फातिमासँग जोडिएको थियो ।
फातिमाकै कारण आमिर र किरणको डिभोर्स भएको पनि अनुमान गरिएका थिए । आमिर र फातिमाले डेटिङ गरिरहेको दाबी समेत गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका थिए ।
लाल सिंह चड्ढा नामक फिल्म रिलीज भएपछि आमिर र फातिमाबीच विवाह हुने खबर चलाइएको थियो । यसअघि फातिमाले एक पत्रिकासँग कुरा गर्दै आफ्नो बारेमा नचिनेका मानिसले जथाभावी लेख्दा चित्त दुख्ने गरेको बताउनु भएको थियो । यस्तै आमिरसँगको सम्वन्धमा कुनै पनि सत्यता नभएको उहाँको भनाई थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८ १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय