Kath Khabar
लाखौं कमाउने कपिलले लिए करोडौं पर्ने फार्महाउस

मुम्बई, मंसिर ९ । द कपिल शर्मा शोका सञ्चालक कपिल शर्माले फार्महाउस किन्नु भएको छ । शर्माले पुर्ख्यौली घर भएको ठाउँ पन्जाबमा  विलासी फार्महाउस किन्नु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । फार्महाउस एउटा सानो दरबार सरह छ । भारतीय सञ्चारमाध्यमका अनुसार यसको मूल्य २५ करोड भारू रहेको छ ।

चारैतिर हरियाली भएको यो घर बिदा मनाउन उपयुक्त देखिन्छ। मुम्बई सहरको घर र कामको व्यस्तताबीच कपिल  आफना परिवारका लागि शान्त ठाउँको लागि फार्महाउस उपयुक्त हुने छ । कपिलको यो घर कुनै सानो दरबारभन्दा कम छैन, भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

यस्तै भारतीय कमेडियन शर्माको मुम्बईको पटियालामा समेत आलिसान घर छ। उहाँसगँ करोडौं मूल्यका कार, जीपहरु समेत रहेको छ ।  आममान्छेबाट सेलेब्रेटीको जीवनसम्म आइपुग्दा उनको जीवनमा धेरै परिवर्तन आइसकेको छ।

मध्यम वर्गीय परिवारमा हुर्के–बढेका शर्मा भारतमा धेरै आयकर तिर्ने कलाकारको सूचीमा अग्रस्थानमा पर्छन्। त्यस्तै फोर्ब्सले पनि शर्मालाई सबभन्दा धेरै पारिश्रमिक लिने सेलेब्रेटीको सूचीमा राखेको थियो। उहाँले कपिल शोको एक भागको भारू ८० देखि ९० लाख लिने बताइन्छ।

हाल सोनीमा द कपिल शर्मा शो चलाइरहेका उनले केही फिल्ममा अभिनय पनि गरेका छन्। आफैं फिल्म बनाएका छन्। हाल शर्मा सोनीकै एक वेबसिरिजमा पनि काम गरिरहनु भएको छ । एजेन्सी

 

 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update