काठमाडौँ, मंसिर ९। क्यानडा अध्ययन गर्न जान चाहानेहरुलाई पछिल्लो समय केहि सहजता आएको छ । क्यानडा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुले नयाँ दिल्ली, ईन्डिया स्थित क्यानाडा अध्यागमनमा आवेदन दिई ४ देखी ८ महिनासम्म भिषा निर्णय प्रतिक्षा गरी बसेका छन् ।
क्यानाडा अध्यागमनले निर्णय दिन समय लगाएको मुख्य कारणहरु कोरोना लहरको दोश्रो लकडाउन, पछिल्लो समय क्यानाडामा विधार्थी, स्थायी बसोबासमा आहिले सम्मकै उल्लेखनिय आवेदन संख्या क्यानाडामा हालसालै सम्पन निर्वाचनले गर्दा आवेदन नतिजा निर्णय आउन ढिलो भएकोहो गोरेटो कन्सल्टेन्सी नयाँ वानेश्वरका शैक्षिक परामर्शकर्ता सतिष भट्टले जानकारी दिनु भयो।
क्यानाडाले यो समयमा एसडिस सुचीमा पर्ने भारत लगायात अन्य साउथ एसियन देशहरुका विधार्थीहरुको आवेदानहरुमा भिषा निर्णय दिएको छ । क्यानाडा अध्यागमनले एसडिएस सुचीमा पर्ने देशहरुको अध्ययन भिषा आवेदन नतिजा दिन सामान्यतया २० क्यालेण्डर दिन तोकेको छ । तर पछिल्लो समय दीपावली, छट पर्व सकिए लगत्तै नेपाली विधार्थीहरुको पनि नतिजा आउन थालेको छ काउन्सेलर भट्ट बताउनु हुन्छ ।
क्यानाडा अध्यागमनले भिषा दिन रोकेको एक महिना पश्च्यात् नोवेम्बर १९ देखी पुनः भिषा आवेदन हेर्न शुरु गरेकाले क्यानाडा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरु र भिषा आवेदन दिएर नतिजा प्रतिक्षामा रहेका विधार्थीहरुले चिन्ता लिनुपर्ने अवस्था छैन। क्यानाडाको पछिल्लो भिषा ट्रेन्ड विश्लेषण गर्दा आवेदक विधार्थीहरुको अङ्ग्रेजी प्रवीणता बढी जोड दिएको जस्तै आइएलटिएस र पिटिइ स्कोर ओभरअल हुनुपर्ने तर एकेडेमी भने कम्तिमा दोश्रो श्रेणीमा उतिर्ण भई छ वर्षसम्म ग्याप भएका व्याक लागेका विद्यार्थीले पनि आवेदन दिन सक्ने र बैंक व्यालेन्स ३० देखि ४० लाख हुनुपर्ने कंडेलले बताउनु भयो।
क्यानाडाको सबै भन्दा राम्रो पक्ष भनेको अमेरिका लगाएत अन्य देशहरुमा अध्ययन भिषा धेरै पटक अस्वीकृत भएका आवेदकहरुले पनि क्यानाडामा अध्ययन भिषा पाउन सक्छ भने क्यानाडामै पुनः आवेदन दिइ भिषा प्राप्त भएका कैयौ उदाहरण भएको काउन्सेलर कंडेलले बताउनु भयो । यसै गरी क्यानाडामा भिषा अप्प्लाई गर्दा हल्ला भएजस्तो कागजपत्रहरु तयार पार्न जटिल नभएको र अफर लेटर प्राप्त गरेको बढीमा दुई हप्तामा सबै कागजपत्रहरु तयार गर्न सकिने छ ।
पछिल्लो समय धेरै आवेदनहरुको निर्णय विश्लेषण गर्दा क्यानाडा अध्ययन भिषा नतिजा समयावधि तीन महिनामा झरेको छ । क्यानाडाका शैक्षिक संस्थाहरुमा अङ्रेजी महिनाको जनवरी, मे र सेप्टेम्बरमा नयाँ शैक्षिक शत्र सुरु हुन्छ। आइएलटिएस र पिटिइ गरेर बसेका विधार्थीहरुले केही हप्तासम्म भर्ना प्रकृया शुरु गरेमा मे शैक्षिक शत्रमै भर्ना हुन सक्ने र बाँकी विधार्थीहरुले सेप्टेम्बर इन्टेकको लागि आवश्यक अङ्रेजी प्रविणता कक्षा तयारी गरी यथाशीघ्र प्रकृया शुरु गर्नुपर्ने हुन्छ ।