Kath khabar
महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट- मलेसियालाई हराउँदै नेपाल शीर्षस्थानमा


काठमाडौं, मंसिर १०। महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । यो जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको छ ।

९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८।२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालकी सीता रानामगरले ३७ बलमा ३ चौकासहित सर्वाधिक ३० रनमा रन आउट हुनुभयो । नेपालले ओपनर इन्दु बर्मालाई ४ रनमा गुमाएको थियो भने दोस्रो विकेटका लागि सीता र रुविनाले ४८ रनको साझेदारी गरेका थिए । कविता जोशी १६ बलमा १० रन बनाउँदै रन आउट हुनुभयो।

नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्षस्थानमा छ । आइतबार नेपालले युएईसँग अन्तिम खेल खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल शीर्षस्थानमा रहँदै ग्लोबल क्वालिफायर खेल्नेछ । नेपाल विजयी भएको खण्डमा नेटरनरेटमा निर्भर रहनेछ ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update