Kath khabar
हिउँदे तरकारी आए सँगै तरकारीको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं, मंसिर ११ । पछिल्लो समय निकै महँगो बनेको तकारीको मूल्य विस्तारै आरोलो लागेको छ । बजारमा हिउँदे तरकारी आउन थालेसँगै मूल्य घट्न थालेको हो । अब हिउँदे सिजनका तरकारी आउन थालेकाले मूल्य घट्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनु भयो ।

गोलभेडा, बोडी, घ्यु सिमी, मटरकोसा लगायतको तरकारीको मूल्य घट्न थालको समितिले जनाएको छ ।  वितेकरेलाको खुद्रा मूल्य प्रतिकिलो ११० बाट ९० रुपैयाँमा झरेको छ । यस्तै ताने बोडी, घ्यु सिमी, मटरकोसा, बन्दा, स्थानीय काउली, स्कुस, रायो साग लगायतका तरकारीमा पाँच रुपैयाँदेखि २० रुपैयाँको दरले मूल्य घट्दै गएको छ ।

काठमाडौं उपत्यकामा मुख्यत÷ धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरसहित तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । यी ठाउँबाट केही हिउँदे तरकारी बजार भित्रिन थालेको व्यापारीहरूको भनाइ छ । तर, अहिले मागअनुसार हरियो तरकारी बजारमा भित्रन भने पाएको छैन ।

कात्तिकको पहिलो हप्ता परेको बेमौसमी वर्षाका कारण तरकारी बालीमा नोक्सानी पुग्दा पनि बेलैमा बजारसम्म तरकारी आउन नसकेको हो। अबको केही समयपछि माग अनुसारको हिउँदे तरकारीको ढुवानी सुरु हुने र भाउ घट्न थाल्ने छ ।

 

 

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update