काठमाडौं, वैशाख २२ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २० करोड रुपैयाँ संस्थागत निक्षेप राख्नको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार यही वैशाख २२ गते अर्थात बुधबार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुसंग रकम लगानीको लागि प्रस्ताव आव्हान गरिएको हो ।
कर्मचारी सुरक्षण कोष अन्र्तगत रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७८ जेठ दुुई गतेदेखि २०७९ जेठ दुई गतेसम्मको लगानी गर्न प्रस्ताव माग गरिएको हो, राष्ट्र बैंकले भनेको छ । यसरी लगानी गरिने कुुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि १६ करोड, विकास बैंकहरुको लागि तीन करोड र फाईनान्स कम्पनीहरुको लागि एक करोड रुपैयाँ जानकारी पनि राष्ट्र बैंकले दिएको छ । यसको लागि यही वैशाख २६ गते अपरान्ह चार बजेसम्म इच्छुुक लगानीकर्ता बैंक तथा फाईनान्स कम्पनीहरुले आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गरिसक्नुु पर्नेछ, राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकका अनुसार लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुुनुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन् ।