मकवानपुरको उत्तरी क्षेत्रमा रहेको सुन्रताहरु मध्ये एक क्षेत्र हो, कुलेखानी । जुन गाँउ, बेसी, पाखा, पधेरो र स्थानीय बासिन्दाको सुन्दरताले भरिएको छ । अनि आँखाले नभ्याउने इन्द्रसरोबरको सुन्दरता ।
काठमाडौंबाट करिब दुई घण्टामा पुग्न सकिने मकवनपुरको कुलेखानी अधिकांश समय पर्यटक आवगमन स्थल हो । काठमाडौंबाट नजिके र हेटौडा भएर काठमाडौं फर्किनेहरुको लागि समेत चौतारीको रुपमा कुलेखानी रहेको पाईन्छ । त्यसैले गर्दा काठमाडौं उपत्यकाबाट घुम्ने जाने र हेटौडा भएर बाहिरबाट काठमाडौं आउनेहरु कुलेखानी घुमेर आउने गरेको पाईन्छ ।
मकवानपुरको देउरालीबाट कुलेखानी र त्यस आसपासको क्षेत्र हेर्दा मनै आनन्द आँउछ , अझै स्वर्गमा आए जस्तो आभास हुन्छ । धुलो धुवाँ अर्थात् प्रदुषण मुक्त , सवारी साधन र चर्को आवाजहरुको सट्टामा चराचुरुङ्गीहरुको मिठो आवाज अनि वरपर चरिरहेका गाँउवस्तुहरु हेर्दा मन नै आनन्द हुन्छ । अनि कुलेखानी तालमा देखिने सफा कञ्जन पानी, अनि माछाहरुले पानीमा ल्याउने छलाङ्गले प्राकृतिक आनन्द पाईन्छ ।
कुलेखानी जलविद्युत आयोजनाका लागि कुलेखानी थुनेर बनाइएको यो ताल निकै सुन्दर छ । कुलेखानी घुम्दा देखिने अर्को लोभलाग्दो दृश्य भनेको सुनौला हिमाल हुन् । कुलेखानी र त्यसआसपासको क्षेत्रको प्राकृतिक सौन्दर्यता साँच्चिकै मनमोहक छ । त्यसैले गर्दा जो कोहि पनि कुलेखानी पुगेपछि त्यहाँको सुन्दरताले गर्दा घुमघाम गर्नेहरुलाई इन्द्र सरोवर (कुलेखानी)ले टिकाई रहन्छ ।