Kath khabar
प्रदेशसभा सदस्य कोइरालाद्वारा बजेट बाँडफाँट

दमौली, मंसिर १२ । गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गर्नुभएको छ । उहाँले चालु आर्थिक वर्ष २०७८÷७९ को निर्वाचन क्षेत्र नं २ (क) अन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गर्नुभएको हो ।

 दुई करोड रुपैयाँ बजेट विभिन्न ३० योजनामा विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । शुक्लागण्डकी, म्याग्दे र व्यासका दुई वडा समेटिएको क्षेत्रमा विभिन्न योजनाका लागि बजेट बाँडफाँट गरिएको हो ।

कार्यक्रमअन्तर्गत खेलमैदान निर्माण, टोल विकासको भवन निर्माण, सडक स्तरोन्नतिलगायतका योजनामा बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update