लन्डन, मंसिर १२ । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार साउथह्याम्पटनलाई ४–० ले हराएको छ । लिभरपुलका लागि डिएगो जोटाले दुई, थियागो एलकान्टरा र भर्जिल डिजेकले गोल गर्नु भयो । उहाँहरुले खेलेको २, ३२, ३७ र ५२ मिनेटमा गोल गर्नु भयो । जितसगै दोस्रो स्थानमा उक्लेको लिभरपुलले लिग तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीमाथि दबाब कायम राखयो ।
लिभरपुल चेल्सी भन्दा एक अंकले पछाडि छ । आइतबारको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडको आथित्य गर्नेछ । तेस्रो स्थानका रहेको म्यानचेस्टर सिटीले भने आइतबारकै अर्को खेलमा वेस्ट ह्यामको सामना गर्नेछ ।
शनिबारका अन्य खेलमा आर्सनलले न्युकासललाई २–० ले पराजित गर्यो । यस्तै, एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई २–१ ले पन्छायो भने नरविच र उल्भ्स तथा ब्राइटन र लिड्सले समान गोलरहित बराबरी खेले ।
एजेन्सी