Kath Khabar
कट्रिनाको विवाहमा मोबाइल लैजान प्रतिबन्ध

मुम्बई, मंसिर १२ । चाँडै नै बलिउड अभिनेत्री  कट्रिना कैफ र अभिनेता बिक्की कौशल विवाह बन्धनमा बाँधिन लागेका छन् ।  कट्रिना र बिक्कीको विवाह डिसेम्बर ७, ८ र ९ डिसेम्बरमा हुन निश्चित भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिनाको ७ र ८ तारिखमा मेहन्दी सेरोमनी हुनेछ। यसैगरी डिसेम्बर ९ मा हिन्दु र क्याथोलिक परम्परा अनुसार विवाह हुनेछ।

तर, भारतीय सञ्चार माध्यमका अनुसार कट्रिना र बिक्कीले मुम्बईमा कोट म्यारिज गर्ने छन्। त्यसपछि राजस्थानमा विशेष विवाह समारोह आयोजना हुनेछ। विवाहका लागि सात सय वर्ष पुरानो फोर्ट बारबारा रिसोर्ट बुक गरिएको छ। विवाहमा सरिक हुने कसैलाई पनि मोबाइल फोन लैजान भने बन्देज गरिने भएको छ। विवाहको फोटो र भिडियो लिक नहोस् भन्नका लागि मोबाइल फोन लैजान बन्देज गरिन लागेको जनाइएको छ।

कट्रिना र बिक्की अहिले विभिन्न चलचित्रको सुटिङमा व्यस्त छन्। कट्रिना ‘फोन भूत’, ‘जी ले जरा’ र ‘टाइगर–३’ मा काम गरिरहेकी छन्। यसैगरी बिक्की कौशल साम मानिक शको बायोपिकमा काम गरिरहेका छन्।

(एजेन्सी)

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update