लन्डन, मंसिर १२ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट जोगिन बेलायतले सार्वजनिक स्थलमा जाँदा मास्क लगाउन अनिवार्य गरेको छ। दक्षिण अफ्रिकामा कारोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायत, अमेरिका, युरोपेली मुलुक, भारत लगायतले सतर्कता अपनाउन थालेका छन्।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाको नयाँ भेरियन्टबाट बच्न सार्वजनिक स्थलमा हिँड्दा र पसल जाँदा मास्क अनिवार्य लगाउन नागरिकहरुलाई आग्रह गर्नु भएको छ । कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायतले यस अघि नै दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।
बेलायत प्रवेश गर्ने सबै यात्रुले अनिवार्य पीसीआर टेष्ट गर्नुपर्ने भएको छ। बेलायती प्रधानमन्त्री जोन्सनलले सावधानीका लागि यस्तो प्रावधानालाई अनिवार्य गरिएको बताउनु भएको छ । \
(एजेन्सी)