Kath Khabar
कमल खत्रीको “नजर झुके झैँ लाग्यो“ बोलको गीतमा मलिका र निराजन प्रधानको लोभलाग्दो जोडी


काठमाडौं, मंसिर १२। थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति “नजर झुकेझैँ लाग्यो“ बोलको गीतमा हाल सबैमाझ लोकप्रिय कलाकारहरू मलिका महत र निराजन प्रधानको जोडीलाई दर्शकहरूले देख्न पाउनु हुनेछ ।

सुजन कोइरालाको शब्द तथा कमल खत्रीको स्वर र संगीतमा रहेको “नजर झुके झैँ लाग्यो“ बोलको गीतले दर्शकहरूलाई एक भिन्न मिठासका साथै पृथक म्युजिक भिडियोको आभास पनि प्रदान गर्ने विश्वास राखिएको छ । राजेश पुमा राईको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया र अथाह स्नेह पाउने अपेक्षा पनि गरिएको छ ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=sFjCkik_kRw


 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update