लन्डन, मंसिर १३ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको खेल १–१ को बराबरी भएको छ ।
म्यानचेस्टर युनाइटेडका लागि अवे मैदानमा भएको खेलमा ५० औँ मिनेटमा सान्चोले गोल गर्नु भयो । ६९ औँ मिनेटमा पाएको पेनाल्टीमा चेल्सीका लागि जोर्गिन्होले बराबरी गोल गर्नु भयो ।
बराबरीपछि शीर्षस्थानको चेल्सीको १३ खेलबाट ३० अंक भएको छ । आठौँ स्थानमा उक्लिएको म्यानचेस्टर युनाइटेडको १८ अंक भएको छ ।
आइतबार राति नै भएको खेलमा वेष्ट ह्यामलाई २–१ ले पराजित गरेको म्यानचेस्टर सिटी लिभरपुललाई पछि पारेर दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ खेलबाट २९ अंक भएको छ । लिभरपुल २८ अंकसहित तेस्रो स्थानमा छ ।
अरु खेलमा लेस्टर सिटीले वाट्फोर्डलाई ४–२ तथा ब्रेन्टफोर्डले एभर्टनलाई १–० ले पराजित गरेका छन्।एजेन्सी