सुन प्रतितोला ९२ हजार
काठमाडौं, मंसिर १३ । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार प्रतितोला एक सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको सोमबारको मूल्य प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९१ हजार छ सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार दुई सय २० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८ १०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय