Kath khabar
रियाल मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा, उपाधीका लागि सिटीसंग भिड्ने

स्पेन, वैशाख २३ । स्पेनिस महारथी रियल मड्रिडलाई समग्रमा ३-१ गोलअन्तरले पराजित गरी चेल्सी टिम च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गत साता भएको पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको चेल्सीले घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको दोस्रो लेगमा २-० को जित हात पार्यो ।

२९ मेमा टर्कीको इस्तानबुलमा हुने फाइनलमा चेल्सीले प्रिमियर लिगकै प्रतिस्पर्धी म्यानचेस्टर सिटीको सामना गर्नेछ । जारी सिजन अहिलेसम्मकै उच्च लयमा रहेको सिटीले पेरिस सेन्ट जर्मेन् पीएसजीलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

थोमस टुखलको आगमनसँगै चामत्कारिक परिवर्तन देखिएको चेल्सीका लागि गोलरक्षक एडोवार्ड मेण्डीको प्रदर्शन शानदार रह्यो । पहिलो हाफमा उहाँले करिम बेन्जेमाको शशक्त दुई प्रहारलाई रोक्नुभको थियो । चेल्सीले २८ औं मिनेटमा टिमो वेर्नरको गोलबाट अग्रता बनायो । काई हाभेर्टजले गरेको प्रहार बारमा लागेर फर्किएपछि वेर्नरले लगभग गोललाइनबाट हेडर गोल गर्नु भएको थियो  ।

दोस्रो हाफ पूर्णतः चेल्सीको नियन्त्रणमा थियो । उसले आफ्ना पूर्व गोलरक्षक थियावट कोर्टवालाई पछि पार्न कठिन भइरहेको थियो । ८५ औं मिनेटमा मासोन माउन्टले गोल गरेपछि चेल्सीको फाइनल यात्रा निश्चित बन्यो । चेल्सी सन् २०१२ पछि पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

जनवरीमा क्लबका महान खेलाडी फ्र्यांक लाम्पार्डलाई बर्खास्त गरिएपछि आएका थोमस टचेलले क्लबमा उल्लेख्य परिवर्तन गर्नु भएको छ । उनले लगातार दोस्रोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुग्ने अवसरसमेत पाउनु भएको छ । अघिल्लो सिजन पीएसजीमा रहँदा उहाँको टोली फाइनलमा बायर्न म्यूनिखसँग पराजित रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update