Kath khabar
राजधानीमा बृहत महापरित्राण २०७८ आयोजना हुने

 


काठमाडौं, मंसिर १३ । देशभरका बुद्ध अनुयायीहरूको भव्य सहभागितामा काठमाडौंमा पुस ९ गते वृहत महापरित्राण हुने भएको छ । हिन्दु धर्मावलम्बीहरूको दसैँतिहार जस्तै बौद्ध धर्मावलम्बीहरूको वृहत मेलालाई महापरित्राण भनिन्छ । यो बौद्ध धर्मावलम्वीहरूको धर्मप्रचारको महाअभियान पनि हो । यस अवसरमा २५ जना भिक्षुहरूले सामूहिक यज्ञ गर्नेछन् ।

बुद्ध शान्त पार्क निर्माण समिति ताहाचल १३ काठमाडौंको आयोजनामा महापरित्राण हुन लागेको हो । यसको तयारीका लागि काठमाडौंमा गरिएको कार्यक्रममा यसबारे जानकारी गराइएको हो । यसका लागि काठमाडौं महानगरपालिका, मखन वडा नं २४ काठमाडौं, केशचन्द्र पारवर्त महाविहार, इतुम्बहाल टोल सुधार समिति, महादेव मखन क्लब र नेवा पुचः चितवन लगायतले सहयोग गर्ने जनाइएको छ ।

महापरित्राण सांस्कृतिक कार्यक्रम पनि हुने जनाइएको छ । कार्यक्रमको मख्य विशेषता दान हो । कार्यक्रममा सहभागी बौद्ध धर्मावलम्बीहरूले आआफ्नो दक्ष अनुसार दान कर्म गर्ने जनाइएको छ । बुद्ध शान्त पार्क निर्माण समिति व्यवस्थापन समितिका अध्यक्ष शान्तबहादुर शाक्यले कार्यक्रम बिहान ९ बजेबाट सुरु हुने जनाए । समितिका उपाध्यक्ष सुन्दरमान श्रेष्ठले कार्यक्रममा देशभरबाट दसौं हजार बौद्ध धर्मावलम्वीहरूको उपस्थिति हुने जानकारी दिनुभयो ।  


 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update