Kath Khabar
समाजमा देखिएका घटनालाई समेटेर बनाईयो ‘दैव छुटाउने दैव’ को  भिडियो

काठमाडौ, मंसिर १४ । म्यूजिक भिडियो बाट पनि सामाजिक कथा देखाउन सकिन्छ भनेर पछिल्लो समय कथा बुनेर म्यूजिक भिडियो बनाउने चलन बढ्दो छ । यसैबिच निर्देशक राज बस्न्यातको निर्देशनमा ‘मिलाउने दैव छुटाउने दैव’ बोलको गीत सार्वजनिक गरिएको छ ।

निर्देशक बस्न्यातले आधा दर्जन भन्दा बढि फिल्म निर्देशन गरिसकेका गरिसक्नुभएको छ । निशान भट्टराईको आवाज, तिलक भट्टराईको शब्द एवं बसन्त सापकोटाको संगीत रहेको गजल गीतको भिडियोले अहिले समाजमा देखिरहेको परिस्थितिलाई छर्लङ्ग पारेको छ ।

हाइलाइट्स नेपाल बाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा पनाह अधिकारी , तिलक भट्टराई , राज बस्न्यात, सुरज पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ । यस गीतलाई वाइपी घिमिरेले छायांकन गर्नुभएको हो भने सम्पादन निर्देशक बस्न्यात स्वयंले गर्नुभएको छ । भिडियोमा कलर भर्ने काम भने जोन तामाङले गर्नुभएको हो ।
भिडियो लिंक

https://www.youtube.com/watch?v=cYyX6MDL9Ag

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update