लन्डन, मंसिर १५ । इंग्लिस प्रिमियर लिगमा मंगलबार राति भएको खेलमा नर्विच सिटी र न्युकासल युनाइटेडलाई १–१ को बराबरी खेलेका छन् । सेन्ट जेम्स पार्कमा भएको यो खेलको नतिजापछि न्युकासल यो सिजन लिगमा अझै जितविहीन छ ।
१० औं मिनेटमा कारन क्लार्क रातो कार्ड खाएर मैदान छाड्न बाध्य भए सँगै न्युकासल १० खेलाडीमा सीमित रह्यो । क्यलम विल्सनले ६१ औं मिनेटमा न्युकासलको लागि र टिमी पुकुले नर्विचका लागि ७९ औं मिनेटमा गोल गर्नु भयो ।
यो नतिजाले न्युकासलमाथि रेलिगेसन डर पनि बढाएको छ । न्युकासल सात अंकमा लिग तालिकाको पुछारमा छ ।
मंगलबारकै अर्को खेलमा लिड्स युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० ले हराएको छ । लिड्सका लागि राफिन्हाले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गर्न सफल हुनु भयो । एजेन्सी