फिल्म हलहरुको नवीकरण शुल्क मिनाहा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, मंसिर १५ । सरकारले कोरोना महामारी प्रभावित फिल्म हलहरूको नवीकरण शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र निर्माण, प्रदर्शन र वितरण सातौं संशोधन नियमावली २०७८ संशोधन स्वीकृत गर्दै उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन बजेटमार्फत महामारी प्रभावित फिल्म हलहरूको नवीकरण शुल्क मिनाहा गर्ने योजना ल्याएको थियो । सरकारको यो निर्णयबाट ५० भन्दा बढी हल लाभान्वित हुनेछन् । चलचित्र विकास बोर्डका अनुसार प्रत्येक ४ वर्षमा फिल्म हल नवीकरण गर्नुपर्ने प्रावधान छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८ ०९:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय