बुधबार सुन तोलाको ९१५००
काठमाडौं, मंसिर १५ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ। पहेँलो सुन अघिल्लो दिन प्रतितोला ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ। त्यसको मूल्य मङ्गलबार प्रतितोला ९१ हजार चार सय रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार दुई सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८ १२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय