काठमाडौं, मंसिर १५ । बहराइनको मानामा शहरमा हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झण्डा पारा ओलम्पियन पलेशा गोवर्द्धन श्रेष्ठले बोक्नु हुने भएको छ । साथमा ब्याडमिन्टनका प्रकाश अधिकारी रहनु हुनेछ।
विभिन्न ९ खेल समावेश एसियाली युथ पारामा नेपालले तेक्वान्दो र ब्याडमिन्टनमा भाग लिएको छ । तेक्वान्दोमा ३ र ब्याडमिन्टनमा १ खेलाडीले प्रतिस्पर्धा गर्नु हुनेछ । तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि विशाल गर्बुजा तथा महिला ५७ केजीमुनि पलेशा गोबर्द्धन र ५२ केजीमुनि सिर्जना घिसिङले प्रतिस्पर्धा गर्नु हुनेछ । प्रकाशले एसएल–४४ क्याटगोरीको पुरुष सिंगल्समा खेल्नु हुनेछ ।
पारा तेक्वान्दोको प्रशिक्षकमा कविराज नेगी लामा र व्यवस्थापक नन्दा बस्याल हुनुहुन्छ । एसियन युथ पारा गेम्समा ४४ देशका १ हजार भन्दा धेरैको सहभागिता रहनेछ । एसियन युथ पारा गेम्स डिसेम्बर ८ सम्म चल्नेछ ।