Kath khabar
लिभरपुलद्धारा एभर्टन ४–१ गोलले पराजित

लन्डन, मंसिर १६ । इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनमाथि ४–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ।

लिभरपुललाई जित दिलाउने क्रममा लिभरपुलमा मोहम्मद सलाहले दुई गोल गर्नु भयो । त्यस्तै जोर्डन हेन्डर्सनले र डिओगो जोटाले क्रमशः एक÷एक गोल गर्नु भयो। पहिलो गोल ९ औं मिनेटमा जोर्डन हेन्डर्सनले गर्नु भयो । १९ औं र ६४ औं मिनेटमा सलाहले र ७९ औं मिनेटमा जोटाले गोल गर्नुभयो

एभर्टनको लागि ३८ औं मिनेटमा रिचार्लिसनले सान्त्वना गोल फर्काउनु भयो। यससँगै प्रिमियर लिगमा लिभरपुलले १४ खेलमा ३१ अंक हात पारेको छ। जितका बाबजुद लिभरपुल समूहको तेस्रो स्थानमा यथावत छ। एजेन्सी

 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update