
काठमाडौ, मंसिर १८ । मिस विश्व कस्मोपोलिटन–२०१९ का विजेता तथा भिजे एंव मोडल प्रियारानी लामा राजकुमारी बन्नुभएको छ । रोनिश एण्ड ड्याड प्रोडक्सनले निर्माण गरेको भिडियो गीत राजकुमारीमा प्रियारानी राजकुमारीको भुमिकामा देखिनुभएको हो ।
गीतमा उहाँ मोडल रामहरी खड्काको राजकुमारीको रुपमा प्रस्तुत हुुनुभएको छ । राजकुमारी बोलको उक्त गीत राजधानीको क्युज हलमा एक कार्यक्रमको आयोजना गर्दे सार्वजनिक गरिएको हो । कार्यक्रममा निर्माण टिम र अतिथीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मोडल प्रियारानीले हिमालको काखमा खिचिएको गीतमा प्राकृतिक अनुपमलाई मिसाईएको बताउनुभयो । नेपाल पर्यटनका लागि संभावना बोको देश भएको हुदा गीतमा देखाइएको स्थानले पर्यटन प्रवद्र्धनलाई टेवा पुग्ने उहाँको भनाई थियो । गीतलाई मनाङ, मुस्ताङलगायतका ठाउँमा खिचिएको छ ।
यस्तै निर्देशक थापाले नेपाली भिडियोहरु गुणात्मक रुपमा बनाउन नसकिरहेको अवस्थामा राम्रो भिडियो बनाउने कोशिश गरेको बताउनुभयो । गीतमा राजकुमार र राजकुमारी कल्पना गर्ने यूवाहरुको प्रेमलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । प्रियारानी र रामहरी फिचर भएको गीतमा स्वर र संगीत भने निरज लामाको रहेको छ । खगेन्द्र भट्टराईले गीतको शब्द रचना गर्नुभएको हो ।
राजकुमारी गीतलाई रुपेश थापाले निर्देशन र छायांकन गर्नुभएको हो । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतलाई सुप्रिम पराजुलीले सम्पादन गर्नुभएको छ ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=2D3CSlgNu1Y